नियम १४
सम्मिलन भई गठन भएको प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको लागि दरखास्त :

(१) ऐनको दफा १९ बमोजिम कुनै प्रतिष्ठानको दुई वा दुईभन्दा बढी टे«ड युनियनहरू एउटै प्रतिष्ठानस्तरको  ट्रेड युनियनमा सम्मिलन भई गठन भएको नयाँ प्रतिष्ठानस्तरको  ट्रेड  युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने
एक सय पचास रुपैयाँ संलग्न गरी अनुसूची ९ बमोजिमको ढाँचामा पंजिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछ :
(क) सम्मिलन भई गठन भएको प्रतिष्ठानस्तरको टे«ड युनियनको नाम र ठेगाना ।
(ख) सम्मिलन भई गठन भएको मिति ।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति ।
(घ) सम्मिलन हुन चाहने प्रतिष्ठानस्तरको  ट्रेड युनियनका सदस्यहरूले सम्मिलनको पक्षमा खसालेको मत संख्या ।
(ङ) सम्मिलन हुने सम्बन्धमा प्रतिष्ठानस्तरको  ट्रेड युनियनहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि ।
(च) एउटै प्रतिष्ठानस्तरको  ट्रेड युनियनमा सम्मिलन भएका प्रतिष्ठानस्तरको  ट्रेड युनियनहरूको नाम ।
(छ) पदाधिकारीहरूको नाम, थर र ठेगाना ।
(ज) दर्ताको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि ।

(झ) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको
पत्र ।
(३) उपनियम (१) बमोजिम सम्मिलन भई गठन भएको नयाँ प्रतिष्ठानस्तरको ट्रेड  युनियन दर्ता गराउनको लागि पंजिकाधिकारी समक्ष दरखास्त परेमा पंजिकाधिकारीले उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप
विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी त्यस्तो प्रतिष्ठानस्तरको ट्रेड  युनियनलाई दर्ता किताबमा दर्ता गरी अनुसूची–२ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।